सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, असार १४ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य हिजो पनि अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ बट्दै प्रतितोलो एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १४ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्