सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, असार १८ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्यमा सामान्य गिरावट आएपनि चाँदीको मूल्य भने स्थीर छ । चाँदीको मूल्य आज पनि प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्