मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो, यातायात अवरुद्ध


 


चितवन, असार २३ । मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।

सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्