खोला तर्ने क्रममा बगेर एक युवक बेपत्ता


 


कालिकोट, असार २३ । कालिकोटको नरहरिनाथमा खोला तर्नेक्रममा एक युवक बेपत्ता भएका छन् । नरहरिनाथ गाउँपालिका–४ स्थित भेरेगाड खोला तर्ने क्रममा नरहरिनाथ–५ रुप्साका ३६ वर्षीय धनबहादुर बोगटी बगेर बेपत्ता भएका हुन् ।

उनका आफन्त र प्रहरी चौकी कुमालगाउँका प्रहरीले शनिबार बेलुकीसम्म खोजी गर्दा फेला नपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए । उनकाअनुसार बगेको ठाउँबाट २ किमि टाढा उनले लगाएको ज्याकेटमात्र भेटिएको छ ।

बेपत्ता भएका बोगटी नरहरिनाथ–४ स्थित खलापाटा भेरेखोला सडक निर्माणको अन्तिम भुक्तानी लिन गाउँपालिकाको कार्यालय कुमालगाउँ जाने क्रममा खोलामा बगेका हुन् ।

प्रकाशित मिति: २३ असार २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्