सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो


 


काठमाडौं, असार २४ । नेपाली बजारमा आज साताको पहिलो दिन सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन शुक्रबार अघिल्लो दिनको तुलनामा तोलामा एक सय रुपैयाँले घट्दै प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्