कोशी प्रदेशमा थप तीन मन्त्रीले लिए शपथ, आचार्य अर्थमन्त्री


 


विराटनगर, असार २४ । कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरूमध्ये जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीहरू विनाविभागीय रहेका छन् ।

यससँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्सीय भएको छ । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगु मन्त्री बनेका थिए ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्