कोशी प्रदेश : मन्त्रिपरिषद् विस्तारमा नेकपा एस रुष्ट


 


विराटनगर, असार २४ । कोशी प्रदेश मन्त्रिपरिषद विस्तार गरिएको छ । तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

तर यो मन्त्रिपरिषद विस्तारको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी (एस) भने रुष्ट बनेको छ । दोस्रो चरणको सरकार विस्तारमा आफ्नो पार्टीबाट कोही पनि नपरेपछि एकीकृत समाजवादी रुष्ट बनेको हो ।

मुख्यमन्त्री थापाले यसअघि पहिलो चरणमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा एसबाट कमल जबेगुलाई मन्त्री बनेका थिए । दोस्रो चरणमा भने नेकपा एसबाट कोही पनि मन्त्री बन्न पाएनन् ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्