नेकपा एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध


 


sf7df8f}F, !^ ebf} . ;+3Lo ;+;b /fli6«o;efsf] laxLaf/ j;]sf] j}7sdf pkl:yt ;f+;bx? . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, असार २४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो ।

एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आइरहेको छ। प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।

सत्ता गठबन्धनले भने एमालेले प्रधमनमन्त्रीको राजीनामा माग्दैमा राजीनामा दिनु नपर्ने बताउँदै आएको छ । कुनै बेलाको प्रसंगलाई लिएर बोलिएको कुरालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको गठबन्धनको दाबी छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्