संसदको अवरोध खुलाउन प्रचण्ड, देउवा र ओलीबीच छलफल


 


काठमाडौं, असार २४ । सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल सुरु गरिएको छ।

नेकपा एमालेले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर निरन्तर प्रतिनिधिसभा र राष्ट्रिय सभा निरन्तर अवरोध गर्न थालेपछि उक्त अवरोध हटाउन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।ण्

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्