किशोरी बलात्कार आरोपमा एक किशोर पक्राउ


 


बागलुङ, असार २४ । बागलुङमा एक जना किशोरी बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा निसीखोला गाउँपालिका–४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती किशोरीलाई सोही गाउँपालिका–४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिवाखोलाले जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्