संसद्को अवरोध खुल्यो, प्रधानमन्त्रीले स्पष्टीकरण दिने


 


काठमाडौं, असार २४ । नेकपा एमालेले केही दिनदेखि गर्दै आएको संसद्को अवरोध अन्त्य भएको छ ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । उनका अनुसार आज ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नछन् ।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै बुधबारदेखि संसद् अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्