Deshko News
१४ आश्विन २०८०, आइतबार

ललिता निवास प्रकरण : पूर्वमन्त्री बोगटी छानविनमा, पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, असार २४ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री जगतबहादुर बोगटी पनि अनुसन्धानको घेरामा परेका छन् ।

२०६३ मा भूमि सुधार तथा व्यवस्था मन्त्री हुँदा ‘ललिता निवास क्याम्प’मा नक्कली ‘पशुपति टिकिन्छा गुठी’ खडा गर्न बोगटीको पनि संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० ले गरेको छानबिन समितिको निष्कर्ष निकालेको छ ।

एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका उनी भूमिसुधार मन्त्री भएको बेलामा हुँदै नभएको ‘पशुपति टिकिन्छा गुठी’ खडा गर्ने टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आरोप उनीमाथि छ ।

त्यसबेला भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रमान जोशीले टिप्पणीमा राय सहित कारबाही अघि बढाएका हुन् । सह–सचिव नारायण गोपाल मलेगो र शाखा अधिकृत हुपेन्द्रमणि केसीले टिप्पणीमा राय सहितको प्रस्ताव सचिव जोशीकहाँ पेस गरेका हुन् । मलेगो सचिवमा बढुवा भएर अवकाशमा गए ।

‘सरकारी लिखत किर्ते’ कसुरमा मलेगो विरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको छ । अहिले उनी फरार छन् ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News