जुवातास खेलिरहेका पाँच जना पक्राउ


 


रोल्पा, असार २४ । रोल्पा नगरपालिका ४ लिबाङबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् ।

जिवाङमा डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ३३ वर्षीय कौशल खत्रीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सूचनाका आधारमा त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूबाट नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्