सातवटै प्रदेशमा पहिलोपटक व्यवसाय शिखर सम्मेलन आयोजना गरिने


 


काठमाडौं, असार २४ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने सम्झौता भएको छ ।

स्थानीय÷प्रदेश सरकार र सरोकारवाला संघ÷संस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवर्द्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवर्द्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताए । संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेको हो ।

स्थानीय र प्रदेशस्तरमा उद्यमशीलता प्रवर्द्धनका लागि प्राथमिकता प्राप्त क्षेत्रको पहिचान, सो को राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विद्यमान अवसर र बजार अवस्थाबारे तथ्यपरक प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदन कार्यान्वयनका लागि तीन तहकै सरकारसँग पहल गर्ने सम्मेलनको उद्देश्य छ ।

समग्र उद्योगीरव्यवसायीले भोगिरहेका समस्या र त्यसको समाधानका सम्वन्धमा स्थानीय, प्रदेश र संघीय सरकारको उच्च नेतृत्वसँग संवाद गरी समाधानका लागि पहल गर्ने, सरकार र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थितिमा उद्यम दर्ता तथा परामर्श केन्द्र सञ्चालन गर्ने, वित्तीय संस्थाबाट उत्पादनररोजगाररनिर्यातमुलक क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सहजीकरण गर्ने, स्थानीयस्तरका उद्यमीहरुले उत्पादन गरेका नेपाली उत्पादनको प्रचारप्रसार र प्रवर्द्धनका लागि सहयोग पुर्‍याउने, र स्थानीय प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटको दिशानिर्देशबारे छलफल गरी प्राप्त सुझावहरु सम्बन्धित निकायहरुलाई पृष्ठपोषण गरिने छ ।

स्थानीय, प्रदेश र संघीय सरकारसँग उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाबिचको दुरी कम र विश्वासनियतालाई प्रगाढ बनाउँदै सरकारले ल्याएको बजेट र कार्यक्रमलाई लगानीकर्तारउद्यमीमैत्री बनाउन पहल गर्ने, हरेक स्थानीय तहमा वित्तीय संस्थाको पँहुच अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा लगानी प्रवर्द्धन, प्रदेशभित्र दिगो लगानीको वातावरण निमार्ण गर्न पहल गरिने छ । दुई दर्जन भन्दा बढी सरोकारवाला संस्थाहरुको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलनहरु आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढी वक्ता र करिब ३ सय जना उद्यमीरव्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने छ ।

प्रकाशित मिति: २४ असार २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्