राष्ट्रियसभाको आज बस्ने बैठक स्थगित


 


काठमाडौं, असार २५ । राष्ट्रियसभाको आज (सोमबार) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो । संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्