सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन


 


काठमाडौं, असार २५ । सशस्त्र प्रहरी बलका सात जना तीन महिनादेखि सम्पर्कविहीन रहेको प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका कर्मचारीलाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।

उनीहरूलाई सात दिन भित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए नोकरीबाट हटाइने चेतावनी दिइएको छ । सम्पर्कमा नआएका दुई जना सशस्त्र प्रहरी सहायक हवलदार र ५ जना जवान छन् ।

हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नर साउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र ९ पशुपतिनाथ बाहिनी मुख्यालयका सहायक हवलदार बिराज घिमिरे छन् ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्