सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ


 


एजेन्सी । भारतको सुरत विमानस्थलबाट ४८ किलो सुनसहित तीन जना पक्राउ परेका छन् ।

राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । युएईको शारजहाँबाट एअर इण्डियाको उडानबाट आएका तीन जना यात्रुहरुलाई नियन्त्रणमा लिइएको सो कार्यालयले जनाएको छ ।

अध्यागमन भन्दा पहिल्यै शौचालयमा सुन हस्तान्तरण गर्ने गरी सुन ल्याइएको अनुसन्धानबाट खुलेको छ । ४ दशशमलव ६७ किलो सुन भने पुरुष शौचालयमा बेवारिसे अवस्थामा फेला परेको बताइएको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्