बासघारीमा लगेर किशोरीमाथि जबरजस्तीकरणी, एक जना पक्राउ


 


झापा, असार २५ । झापामा एक १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धनकुमार लिम्बुलाई प्रहरीले पकराउ गरेको हो ।

लिम्बुले ती बालिकालाई निजकै घर पछाडि बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्