एघार महिनामा १ खर्ब ७६ अर्बको आईपीओ सूचीकृत


 


काठमाडौं, असार २५ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस अवधिमा १ खर्ब ७६ अर्ब १० करोड बराबरको साधारण शेयर धितोपत्रमा सूचीकृत भएका छन् ।

त्यस्तै, ४५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २९ अर्ब १९ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३९ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर, रु।५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु।४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु. २९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

नेप्सेमा जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य ७ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यस अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु।१४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु।१३ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु।२ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु।४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । ।

गत आवको जेठ मसान्तमा १९९६।२६ रहेको नेप्से सूचकाङ्क २०८० जेठ मसान्तमा २०४२।०७ कायम भएको छ । २०८० जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बजार पुँजीकरण २८ खर्ब ४४ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् ।

गत आवको सोही अवधिमा सूचीकृत कम्पनीहरूको संख्या २३२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४।३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७।२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं।४ प्रतिशत, होटेलको हिस्सा २ं.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्