संसद अवरोध खुलाउन शीर्ष नेताबीच आज पनि छलफल हुँदै


 


काठमाडौं, असार २५ । संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।

प्रतिनिधि सभाको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल सुरू भएको हो। प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि प्रधानमन्त्रीको सचिवालयले निकालेको विज्ञप्तिका कारण नेताहरु संसद् भवन पुग्दासमम सहमति भंग भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि अवरोध हट्न नसकेको बताइएको छ।

प्रकाशित मिति: २५ असार २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्