दाङलाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग


 


काठमाडौं, असार २८ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी नियन्त्रणका लागि पहिल गर्न माग गरेकी छन् ।

आज (बिहीबार) राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गर्न माग गरेकी हुन् ।
उनले जिल्लामा डेंगु नियन्त्रण लागि कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘दाङ जिल्लामा डेंगु रोग छ । दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाको रुपमा सूचीकृत गरी डेंगु नियन्त्रण, रोकथामका उपाय र साधनका लागि कार्यक्रमहरु समावेश गर्न, सञ्चालन गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँछु ।’

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्