लुम्बिनी प्रदेशले खर्च गर्न सकेन १२ अर्ब बजेट


 


काठमाडौं, असार २८ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब बढी बजेट खर्च गर्न नसकेर फिर्ता गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याकं अनुसार उक्त वजेट खर्च हुन नसकेर फिर्ता भएको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार चालु तथा पुँजीगत गरेर १२ अर्ब ६ करोड ५६ लाख २५ हजार २ सय ४७ रुपैयाँ फिर्ता भएको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षमा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बजेट रहेको थियो । जसमा ३० अर्ब ५७ करोड खर्च भएको छ । जुन खर्च ७१.७० प्रतिशत हो ।

चालुतर्फ ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ फिर्ता भएको छ । असार २४ सम्म पुँजीगततर्फ ७०।६५ प्रतिशत बजेट खर्च भएको छ । प्रदेशमा चालुतर्फ १८ अर्ब १५ करोड ८६ लाख बजेट रहेको थियो । जसमा १२ अर्ब ८२ करोड ९३ लाख खर्च भएको छ । पुँजीगततर्फको ६ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ फिर्ता भएको छ । पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख रहेको थियो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुसार प्रदेश सभाको बजेट ६५.१६ प्रतिशत खर्च भएको छ ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्