राजदूत नियुक्ति प्रक्रिया तत्काल टुंगिन्छ : मन्त्री साउँद


 


काठमाडौं, असार २८ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन् ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताए ।

उनले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उउले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए ।

उनले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्