सामाजिक सञ्जालबाट ठगी गर्ने भारतीय नागरिकसहित सात जना पक्राउ


 


उदयपुर, असार २८ । सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको अभियोगमा एक भारतीय नागरिकसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारतीय नागरिक प्रविण भट्टसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका–४ बस्ने ३६ वर्षीया महिलालाई फेसबुक म्यासेन्जर तथा ह्वाट्सएप मार्फत कुराकानी हुँदै जाँदा सामान र अमेरीकी डलर ७० हजार पठाइदिएको भन्दै उनीहरुले त्यसको ट्याक्स वापत १ लाख ३० हजार ६ सय २७ रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले खोलेको संस्थाको खातामा एक वर्षमा १ अर्ब ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) र संगठीत अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्