बर्दियामा बालिका बलात्कार आरोपमा ६६ वर्षीय बृद्धा पक्राउ


 


बर्दिया, असार २८ । बर्दियामा एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्