डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आयो : मन्त्री बस्नेत


 


dlGqkl/ifbsf] lg0f{o ;fj{hlgs ;”rgf tyf ;~rf/dGqL df]xgaxfb’/ a:g]t l;+xb/af/df laxLaf/ a;]sf] dlGqkl/ifbsf] a}7ssf]] lg0f{o ;~rf/sdL{nfO{ hfgsf/L lbg’x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, असार २८ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले काजमा रहेको डाक्टरहरुलाई दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा धम्की आएको बताएका छन् ।

आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धम्की आउने गरेको बताए ।

उनले दरबन्दी अनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताए । स्वास्थ्य मन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीण स्तरसम्म स्वास्थ्यकर्मीहरूको पहुँच नभएको स्थानमा पुर्‍याएर नै छोड्ने बताए ।

उनले ८ सय डाक्टरहरू मन्त्रीहरूको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए ।

उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसके स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए ।

मन्त्री बस्नेतले सबै डाक्टरहरूलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए । दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्मका विषयहरू आएको उनले बताए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्