उदयपुरमा बलात्कार आरोपमा एक जना पक्राउ


 


काठमाडौं, असार २८ । उदयपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई हिजो (बुधबार) साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्