प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित


 


काठमाडौं, असार २८ । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागिता जनाउने छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री प्रचण्ड यो अवधिमा समवेदना साट्न आउनेहरुसँग बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेटघाटमै हुने बताए ।

प्रधानमन्त्री पत्नी सीताको बुधबार ६९ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्