सङ्घीय निजामती सेवा ऐन छिट्टै आउँछ : मन्त्री मोदी


 


काठमाडौं, असार २८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताए । मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेकोसमेत जानकारी दिए ।

प्रकाशित मिति: २८ असार २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्