कांग्रेसमा व्यक्ति र नाम भन्दा दृष्टिकोण परिवर्तन गर्न आवश्यक : विमलेन्द्र निधि


 


काठमाडौं, साउन ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले कांग्रेसको व्यक्ति र नाम भन्दा दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको बताए ।

उनले पार्टीको दृष्टिकोण सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरूपको हुनुपर्ने बताए । उनले संविधान र कानुनलाई संशोधन गरेर भए पनि प्रदेशहरूको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

पाँच वर्षपछि रूपान्तरणका लागि गठबन्धनको प्रयोग गरेर नेपाली कांग्रेस एक्लैले बहुमत कसरी ल्याउन सक्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

‘तीनै तहको लागि चुनावको तयारी गरौँ । पार्टीको सङ्गठन सुदृढीकरण गरौँ,’ उलने भने, ‘त्यस काममा हामी लागौँ । प्रदेशहरूको अधिकारलाई सुनिश्चित गरौँ । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने पनि गरौँ ।’

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्