सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय, यस्तो छ तयारी


 


काठमाडौं, साउन ७ । सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय स्थापना गर्ने कार्यलाई नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा घोषणा गरे अनुसार मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सहकारी संस्था नियमनका लागि सहजीकरण गर्ने भएको हो ।

अब बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गरिनेछ ।

यसमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने मौद्रिक नीतिको घोषणा छ । सरकारले सहकारी क्षेत्रका बेथितिको नियमन गर्न यस्तो निकाय ल्याउने तयारी गरेको हो ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्