भोजपुरमा बाख्रा चराउन गएकी महिला मृत फेला


 


भोजपुर, साउन १७ । भोजपुरमा बाख्रा चराउन गएकी एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको साल्पासिलिछो गाउँपालिका–३ स्थित जंगलमा सोही ठाउँको भदौरे बस्ने ४१ वर्षीया हिरा कार्की मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।

बाख्रा चराउन गएकी उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्