कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए सपथ


 


काठमाडौं, साउन १७ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले सपथ लिएसँगै तीन मन्त्रीलाई पनि नियुक्त गरेर सानो मन्त्रिपरिषद् बनाएका छन् ।

मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत

समाजवादी) का कमलप्रसाद जबेगुलाई नियुक्त गरेका छन् । तीनै जना मन्त्रीले शपथ पनि लिएका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्