सुनको मूल्य आज सामान्य घट्यो


 


काठमाडौं, साउन १८ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्