सेनामा जागिर लगाइदिने भन्दै करिब १५ लाख ठगी, आठ जना पक्राउ


 


काठमाडौं, साउन १८ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूल छन् ।

उनीहरुले सेनामा जागिर लगाइदिन्ुछ भनेर जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट रु १४ लाख ९५ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले बताए ।

प्रतिवादी नरेन्द्रसिंह महरले आफू देवीदल गण अत्तरियामा कार्यरत रहेको भन्दै उनीहरूबाट सेनामा भर्ना गरिदिन्छु भनेर गठी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको दाचर्जुला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्