भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने


 


काठमाडौं, साउन १८ । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् ।

परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ । बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ ।

हालैमात्र बैंककमा आयोजित बिम्स्टेक रिट्रिटमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गरेका थिए ।
हाम्रो नेतृत्वले तय गरेको सहकार्यको एजेन्डालाई लागू गर्न नजिकबाट काम गर्ने सहमति भएको छ ।

आयोगको छैटौँ बैठक २०७७ सालको माघमा नयाँ दिल्लीमा आयोजना भएको थियो । बैठकलाई तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जयशंकरले संयुक्तरुपमा अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्