रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेण्डा


 


काठमाडौं, साउन १९ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । बैठक अपराह्न ४ बजे बस्ने गरि बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि बैठक डाकिएको हो । छलफलका लागि थप एजेण्डामा बझाङ र रुपन्देहीको घटनालाई बनाइएको छ ।

बझाङमा जिल्ला संयोजकले पत्रकारलाई कुटपिट गरेको आरोप लागेको छ भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताहरु विचमा विवाद छ । बझाङका संयोजक पार्टीलाई निलम्बन समेत गरेको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्