राष्ट्रिय सभा बैठक पनि चल्न नदिने एमालेको निर्णय


 


काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठक चल्न नदिने निर्णय गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।

एमाले एक नेताका अनुसार संसद् बैठक चल्न नदिने निर्णय भएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने ती नेताको भनाइ छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्