जनमतको ‘मिसन ८४’ : २० लाख सदस्य बनाउन सिके राउनतको निर्देशन


 


काठमाडौं, साउन १८ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेताहरुलाई जनमतलाई मधेशको पहिलो पार्टी बनाउन २० लाख सदस्य बनाउन निर्देशन दिएका छन् ।

भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकमा अध्यक्ष राउतले समितिका सदस्यहरुलाई आगामी निर्वाचनसम्म २० सदस्य बनाउनुपर्ने बताएका हुन् ।

पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि आज राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको थियो ।

२०८४ मा जनमत पार्टीलाई मदेसको पहिलो पार्टी बनाउनु छ, त्यसका लागि निकै मेहनत गर्नुको आवश्यकता छ भन्दै अध्यक्ष राउतले पार्टीमा धेरैभन्दा धेरै नयाँ नयाँ सदस्यलाई जोड्न निर्देशन दिए ।

पार्टीका एक केन्द्रीय सदस्यले जिम्मेवारी लिएर नै कति जना सदस्य थप्न सकिन्छ त्यो तय गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्न निर्देशन दिँदै चुनाव आउँदासम्म २० लाख सदस्य बनाउन उनले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।

अध्यक्ष राउतले पटक पटक समितिका सदस्यहरूलाई सङ्गठनप्रति जिम्मेवार र जबाफदेही हुनका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्