राष्ट्रिय सभाको बैठकमा एमालेको अवरोध


 


काठमाडौं, साउन १८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (बिहिबार) बसेको राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने माग गर्दै दुबै सदन अवरोध गर्दै आएको एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको हो ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो ।

एमालेले यही विषयलाई लिएर प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ । सुन प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्