सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : गृहमन्त्री श्रेष्ठ


 


काठमाडौं, साउन १८ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् ।

सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै उनले सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भएपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन् ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्