खानेपानीमा भेटियो दिसामा पाइने इकोली ब्याक्टेरिया


 


कपिलवस्तु, साउन १८ । कपिलवस्तुमा खानेपानीमा दिसामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा गर्दा १५ वटामा इकोली ब्याक्टेरिया भेटिएको जनाएको छ ।

जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली ब्याक्टेरिया भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिरुद्ध श्रीवास्तवले जानकारी दिए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ ।

परीक्षणमा जिल्लाका सुद्धोदन, मायादेबी गाउँपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको छ ।

२ वर्षअघि जिल्लाको कृष्णनगर, महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्