गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु


 


गुल्मी, साउन १८ । गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आज (बिहीबार) बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको लडेर मृत्यु भएको हो ।

उनी भिरबाट लडेर करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

उनका अनुसार भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्