दोलखामा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु, तीन जना बेपत्ता


 


काठमाडौं, साउन १९ । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएकोमा एक बालकको शव फेला परेको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टोपाटारका यज्ञबहादुर थामीका१५ महिनाका नाति प्रिन्स थामीको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परी वडा नम्बर ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती वेपत्ता भएका छन् ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएका छन् भने सदरमुकामबाट हेलिकप्टर पनि पठाइएको छ । पहिरोमा परी

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्