दुई नदीको संगममा नुहाउने क्रममा बगेर एक जना बेपत्ता


 


काठमाडौं, साउन १९ । देवघाटस्थित त्रिशुली र कालीगण्डकीको संगमबाट बगेर एक जना बेपत्ता भएका छन् ।

बेणी सङ्गममा कालीगण्डकीले बगाएर दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन् ।

सङ्गमस्थलमा नुहाइरहेका भुसाललाई नदीले बगाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भुसालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्