Deshko News
१३ आश्विन २०८०, शनिबार

बझाङको बुंगलमा कर्मचारीले कुटे स्थानीय युवक



बझाङ, साउन १९ । बझाङको बुंगल नगरपालिकाको आइटी शाखा प्रमुख रमेश कार्कीले स्थानीय एक युवकलाई कुटपट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध भिडिओ राखेको भन्दै कार्कीले बझाङका स्थानीय रामचन्द्र जोशीमाथि कुटपिट गरेका हुन् । जोशीमाथि कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ।

जोशीले बुधबार बुंगल नगरपालिकाको कार्यालयमा कार्यालय समयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती भएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेपछि आफूमाथि हातपात भएको बताए।

उनले हातपात गर्ने आइटी अफिसरमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बताए। हातपात गर्ने सूचना अधिकृत कार्कीले भने आफूमाथि जोशीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाएका कारण विवाद भएको र त्यसपछि हातपात भएको बताएका छन्।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बुझ्ने काम भइरहेको बताए।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News