बेनिघाटका शिवकुमार २० दिनदेखि बेपत्ता


 


काठमाडौं, साउन १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ घर भएका शिव कुमार कार्की २० दिनदेखि बेपत्ता छन् ।

वैदेशिक रोजगारीबाट फर्केका ४० वर्षीय कार्की बेनिघाटबाट हराएका हुन् । असार ३१ बाट घर नफर्केका कार्कीको खोजी गरिदिन आग्रह गर्दै परिवारले साउन ४ मा प्रहरीमा निवेदन दिएका थिए ।

साउन ४ मा हराएको जानकारी आएपछि खोजीकार्य थालिएको धादिङका एसपी गौतम मिश्रले बताए ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्