धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ


 


काठमाडौं, साउन १९ । धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी टोलीले डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशीलाई धनगढीको बोराडााडीबाट पक्राउ गरेको हो ।

आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्