सुन तस्करी प्रकरण सरकारको प्रचारबाजी मात्रै : सांसद श्रेष्ठ


 


काठमाडौं, साउन १९ । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सीआइबीले गर्न नसक्ने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

सांसद श्रेष्ठले सुन तस्करी प्रकरणमा हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

सांसद श्रेष्ठले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्