चक्कु प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


 


धनगढी, साउन २० । कञ्चपुरमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी द्रोपतीलाई उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्‍याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्